फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारणसभा आगामी वैशाख २१ गते बिहान ११ बजे दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहबी, सुनसरीमा आह्वान गरेको छ। यस सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ।
सभाको विशेष प्रस्तावमा वित्तीय संस्थाको पूँजी वृद्धि योजना, संस्थापक र सर्वसाधारण सेयर संरचना परिवर्तन गरी ६०:४० कायम गर्ने, र अन्य लघुवित्त संस्थाहरूसँग गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका विषयहरू रहेका छन्। साधारणसभा प्रयोजनका लागि वैशाख ७ गते सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) रहनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
