नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले नेटवर्क फायरवालको वारेन्टी, सब्सक्रिप्सन र सम्बन्धित सेवाहरू खरिदका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यो खरिद प्रक्रिया राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र अन्तर्गत ‘सिंगल स्टेज टु एनभलप’ विधिबाट संचालन हुनेछ।
योग्य इच्छुक फर्महरूले २०८३ जेठ १४ गते (२८ मे २०२६) दिउँसो १२ बजेसम्म पीपीएमओको ई-जीपी प्रणालीमार्फत इलेक्ट्रोनिक बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र दस्तुर ३,००० रुपैयाँ तोकिएको छ भने ४,३०,००० रुपैयाँ बराबरको बिड सेक्युरिटी आवश्यक पर्नेछ। प्रि-बिड बैठक २०८३ जेठ १ गते दिउँसो १ बजे हुनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
