केही सञ्चारमाध्यमहरूमा सिटी होटल लिमिटेडले नियम विपरीत संस्थापक समूहको सेयर बिक्री गरेको भनी आएका समाचारहरू भ्रामक र तथ्यहीन भएको भन्दै कम्पनीले खण्डन गरेको छ। कम्पनीले स्थापना कालदेखि नै लक-इन सम्बन्धी नियमको पूर्ण पालना गर्दै आएको स्पष्ट पारेको छ।
सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको रेकर्ड अनुसार कम्पनीको २,७२,१९,३२८ कित्ता संस्थापक र कर्मचारी सेयरहरू २०८३ साल जेठ ४ गतेसम्म लक-इनमा रहनेछन्। हकप्रद सेयर निष्काशन गर्दा नबिकेका सेयरहरू धितोपत्र बोर्डको नियम अनुसार लिलाम प्रक्रियाबाट बिक्री गरिएको र यसमा कुनै अनियमितता नभएको कम्पनीले जनाएको छ। यस्ता भ्रामक समाचार फैलाउने विरुद्ध कानूनी कारबाही गर्ने निर्णय समेत भएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
