सिटिजन्स बैंकद्वारा एफ फाइभ एड्भान्सड वेब एप्लिकेशन फायरवाल नवीकरणका लागि बोलपत्र आह्वान

May 10, 2026

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो एफ फाइभ एड्भान्सड वेब एप्लिकेशन फायरवाल नवीकरणका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक योग्य बोलपत्रदाताहरूले २०८३ जेठ ८ गते (मे २२, २०२६) बिहान ११ बजेसम्म ५,००० रुपैयाँ शुल्क तिरेर बैंकको नारायणहिटी पथस्थित प्रधान कार्यालयबाट बोलपत्र कागजात खरिद गर्न सक्नेछन्।

उक्त बोलपत्र सोही दिन साँझ ५:३० बजेसम्ममा बुझाइसक्नुपर्नेछ र बोलपत्रहरू जेठ ११ गते (मे २५) बिहान ११ बजे खोलिनेछन्। बोलपत्रदाताले कुल रकमको ५ प्रतिशत धरौटी राख्नुपर्ने बैंकको सूचनामा उल्लेख छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स