सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको १७३ औं बैठकले संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गरेको छ। शर्माले २०८२ चैत्र ४ गते पेश गरेको राजीनामा २०८३ जेठ १५ गतेदेखि लागू हुने गरी सञ्चालक समितिले स्वीकृति प्रदान गरेको हो।
यस सम्बन्धी जानकारी संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रमार्फत गराएको छ। बैठक २०८२ चैत्र २४ गते मंगलबार सम्पन्न भएको थियो।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
