एशियन लाईफ इन्स्योरेन्स कम्पनीद्वारा सूची दर्ताका लागि आह्वान

May 12, 2026

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न सामान तथा सेवाहरू आपूर्ति गर्न इच्छुक फर्म तथा कम्पनीहरूलाई सूची दर्ताका लागि आह्वान गरेको छ। यस अन्तर्गत स्टेशनरी, छपाई, विद्युतीय उपकरण, मर्मत, विज्ञापन, कुरियर र फर्निचर लगायतका १३ वटा विभिन्न विधामा सेवा प्रदायकहरूले आवेदन दिन सक्नेछन्।

योग्य इच्छुक सप्लायर्सहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातहरू सहित कम्पनीको केन्द्रीय कार्यालय मैतीदेवी, काठमाण्डौमा शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ। आवेदनका साथमा फर्म दर्ता प्रमाणपत्र, प्यान वा भ्याट दर्ता र कर चुक्ताको प्रमाणपत्र अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स