कर्फ्यु जारी भएपछि रौटहट जिल्ला अदालतका सम्पूर्ण कामकारबाही स्थगित

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १० गते
कर्फ्यु जारी भएपछि रौटहट जिल्ला अदालतका सम्पूर्ण कामकारबाही स्थगित

रौतहट जिल्ला अदालतले आज आइतबारका लागि तय भएका सबै कामकारबाही स्थगित गरिएको जनाएको छ। अदालतका अनुसार जिल्ला प्रशासन कार्यालय रौतहट ले गौर नगरपालिका क्षेत्रमा अर्को आदेश नभएसम्म आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाउँदै अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेपछि अदालतको सेवा प्रभावित भएको हो।

अदालतले सूचना जारी गर्दै आज प्रदान गरिने सम्पूर्ण सेवा स्थगित रहने र आजका लागि तोकिएका तारिख तथा म्यादसमेत नगुज्रिने जानकारी दिएको छ। फागुन ७ गतेदेखि भड्किएको हिंसापछि रौतहटको सदरमुकाम गौरमा अनिश्चितकालीन कफ्र्यु लागू गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स