नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नयाँ अध्यक्षको रूपमा आज सपथ लिएका छन्।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदको सपथ लिएका हुन्।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले झुटा कागजपत्र प्रयोग गरी अध्यक्ष नियुक्ति लिएको आशंकामा शरद ओझालाई निलम्बन गर्दै छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै ओझा स्वतः निलम्बनमा परेका हुन्।
मन्त्रिपरिषद्ले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ अनुसार उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। उक्त समितिमा अध्यक्ष गिरीसँगै सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओली रहेका छन्।
तीनै जनाले छानबिन कार्यको जिम्मेवारी ग्रहण गरिसकेका छन्। हिजोको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नहुँदासम्म पोखरेललाई बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी जिम्मेवारी दिएको हो।














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)
प्रतिकृया