कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा भएको कुलिङ पिरियडसम्बन्धी छेडछाडप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले विधेयकमा केही अनियमितता भएको स्वीकार गर्दै त्यसबारे छानबिन हुने स्पष्ट पारे।
उनले भने, “विधेयकमा नै तलमाथि भएको छ। त्यसबारे छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही गर्छौँ। गलत काम गर्ने जो भए पनि कारबाहीको दायरामा आउँछन्।” सिंहले संविधानलाई सुरक्षित राख्दै संस्थागत गर्दै अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा उनले राजनीतिक स्थायित्वको आवश्यकता औँल्याउँदै जनताको चाहनाअनुसार संविधानको मूल मर्म अनुसार सरकार अघि बढ्ने बताएका थिए।




















प्रतिकृया