नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरिएको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल सदस्य रहेका छन्।
नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार गठित समितिले गभर्नर नियुक्तिका लागि आर्थिक, मौद्रिक, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा कानुनी क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरू वा डेपुटी गभर्नरमध्येबाट तीन जनाको नाम सिफारिस गर्नेछ। मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई गभर्नर नियुक्त गर्नेछ।
हालको गभर्नरको पदावधि चैत २४ मा समाप्त हुने भएकाले सोभन्दा अघि नै समितिले सिफारिस पठाउनुपर्नेछ।




















प्रतिकृया