Advertisement
Ads

टर्कीको रिसोर्टमा आगलागी हुँदा ७६ जनाको मृत्यु, आगो १२ घन्टापछि मात्र नियन्त्रणमा



Advertisement
Ads

टर्कीको बोलु जिल्लामा स्थित ग्रान्ड कार्टल होटलमा मंगलबार बिहान आगलागी भएको घटनामा ७६ जनाको मृत्यु भएको छ, जसको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ।

बिहान साढे ३ बजेदेखि शुरु भएको आगलागी १२ घन्टापछि मात्र नियन्त्रणमा आएको थियो। चिसो मौसमका कारण दमकलहरूको आगमनमा ढिलाइ भएको समाचारमा जनाइएको छ। आगलागीको समयमा होटलमा २३८ जना अतिथि उपस्थित थिए।


Advertisement

आगलागीको शुरुमा अलार्म नबजेकाले धेरैले आगो लागेको थाहा नै पाएका थिएनन्। एक जना घाइतेको अनुसार, आगलागीको समयमा थुप्रै मानिसहरूले निसास्सिएर ज्यान गुमाएका थिए, र मृतकहरूको पहिचानमा पनि कठिनाइ भएको छ। यस घटनामा ५१ जना घाइते भएका छन्।

घटनामा परी होटलका थुप्रैले झ्यालबाट हामफालेर ज्यान बचाएका थिए, जसमध्ये एकजनाले ११औं तल्लाबाट हामफालेको प्रत्यक्षदर्शीले बताए। हामफालेर जिउ जोगाएकाहरूको उपचार भइरहेको छ।

आगलागीको घटनापछि रिसोर्टका मालिकसहित ९ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ। यस घटनामा टर्की सरकारले बुधबार शोक बिदा घोषणा गरेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर