राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिनमै ३०८ अवैध आप्रवासी पक्राउ

राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिनमै ३०८ अवैध आप्रवासी पक्राउ
AdvertisementAds

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिन, अमेरिकाको अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) ले ३०८ अवैध आप्रवासीलाई पक्राउ गरेको छ। न्युयोर्क पोस्टका अनुसार सीमा सुरक्षा प्रमुख टम होमनले यो जानकारी दिएका छन्। यि अवैध आप्रवासीहरू अधिकांश अपराधी रहेको र केहीलाई अपहरण, हत्या र बलात्कारको आरोप पनि लागेको छ।

होमनका अनुसार अमेरिकी अधिकारीहरूले देशका लागि खतरा हुने अवैध आप्रवासीहरूलाई पक्राउ गर्न सुरु गरेका छन्। यिनको संख्या ७ लाख भन्दा बढी रहेको छ, र छापामारी गरेर तिनीहरूको गिरफ्तारी भइरहेको छ। ट्रम्पको शपथ पछि विभिन्न राज्यहरूमा छापा र सोधपुछ कार्यहरू सुरु भइसकेका छन्।

ट्रम्पले आफ्नो चुनाव जितेको केही समयपछि, पूर्व आईसीई प्रमुख टम होमनलाई ‘बोर्डर जार’ नियुक्त गरेका थिए। होमनले घोषणा गरेका थिए कि ट्रम्पको शपथ लिने मिति पछि कागजातविहीन आप्रवासीहरूको व्यापक खोज र गिरफ्तारी सुरु हुनेछ, र अहिले त्यस्तै छापामारी कार्यहरू भइरहेको छ।

ट्रम्पले शपथ लिंदा धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए जसमा अवैध आप्रवासीहरूको प्रवेश रोक्ने र सीमामा सुरक्षा कडा पार्ने आदेशहरू थिए। उनले अमेरिकी इतिहासको सबैभन्दा ठूलो निर्वासन अभियान सुरु गर्ने आश्वासन पनि दिएका थिए।

प्यू रिसर्च सेन्टरका अनुसार, अमेरिकामा विश्वका सबैभन्दा धेरै आप्रवासीहरू बस्छन्, जसमा २० प्रतिशत आप्रवासी अमेरिका मै बसोबास गर्छन्। २०२३ सम्ममा अमेरिकामा बसोबास गर्ने आप्रवासीहरूको कुल संख्या ४.७८ करोड थियो। ट्रम्पका अनुसार अन्य देशका मानिसहरू अवैध रूपमा अमेरिका प्रवेश गरी अपराध गर्छन्, र त्यसैले उनीले देश निकाला गर्न चाहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स