एफ-वान सफ्ट इन्टरनेशनल प्रालिको बैंक खाताबाट ३ करोड ५१ लाख रुपैयाँ ठगी प्रकरणमा २४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
प्रहरीका अनुसार, ठगी प्रकरणमा ९ जना पक्राउ परेका छन् भने बाँकी १५ जना फरार रहेका छन्। पक्राउ परेकामध्ये धेरैजसो १८ देखि २४ वर्ष उमेर समूहका युवा छन्।
अनुसन्धानले देखाएअनुसार, कम्पनीको सिटिजन बैंक खाताबाट अनाधिकृत पहुँच प्रयोग गरी रकम ट्रान्सफर गरिएको थियो। प्रहरीका अनुसार, खाताको एड्मिन तथा पासवर्ड कुनै तरिकाले पत्ता लगाई रकम निकालिएको पाइएको छ। यो जानकारी कसरी, कहाबाट चोरी भयो भन्ने विषयमा अझै अनुसन्धान गरहेको छ।
फरार रहेका १५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। ठगीमा प्रयोग भएका खाताको प्रयोगकर्ताहरूलाई समेत अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाइने बताइएको छ।
प्रतिवादीहरूमध्ये कतिपयले बैंक खाता खोल्न सहयोग गरेको बयान दिएका छन्। त्यसैगरी, अन्यलाई जागिर दिने प्रलोभनमा पारेर बैंक खाता प्रयोग गरिएको पाइएको छ।
प्रतिकृया