२ दिनअघि टिकटक बनाएकै ठाउँमा धर्मराजको मृत्यु

२ दिनअघि टिकटक बनाएकै ठाउँमा धर्मराजको मृत्यु

तीन दिन अगाडि, धर्मराज खत्रीले आफ्नो टिकटक अकाउन्टमा एक भावुक भिडियो पोस्ट गरे। भिडियोमा उनी साथीको बाइकको पछाडि बसेका थिए, र क्यामेरा आफ्नो मुहारतिर फर्काउँदै उनीले भनेका थिए, “एकदिन मेरो ठूलो दुर्घटना होस्, म जीवन र मृत्युसँग लडिरहँदा तिमीले मलाई अस्पताल पुर्‍याऊ। डाक्टरले भनून्, ‘सरी, मैले बचाउन सकिनँ।’ तब तिमीलाई मेरो मायाको आभास हुनेछ।” यो भिडियो उनले धनगढी–अत्तरिया जोड्ने ६ लेन सडकमा बनाएका थिए।

भिडियो पोस्ट गरेको ठीक दुई दिनपछि, बिहीबार राति करीब ६:३० बजे खत्री सवार मोटरसाइकल दुर्घटनामा पर्यो। दुर्घटना धनगढी उपमहानगरपालिका–३ स्थित ६ लेन सडकमै भएको थियो, जहाँ खत्री २५ वर्षीया शर्मिला थापासँग सवार थिए। उनीहरूको बाइक धनगढी उपमहानगरपालिका-५ का पुरन शाहले चलाएको मोटरसाइकलसँग ठोक्कियो, जसका कारण खत्री घटनास्थलमै मृत्यु भए। शर्मिला थापा घाइते भएकी छन् र माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ, अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

खत्री, बाजुराको बडीमालिका नगरपालिका–७ का ३० वर्षीय स्वास्थ्यकर्मी थिए। उनले पुस ९ गते धनगढी आएर बाल रोगको तालिममा सहभागी हुन थालेका थिए। खत्रीले दुई वर्षअघि विवाह गरेका थिए, उनकी श्रीमती स्टाफ नर्स हुन् र अहिले विदेशमा छिन्।

यस दुखद घटनाले सामाजिक सञ्जालमा धेरैलाई भावुक बनाएको छ, र उनका शब्दहरूलाई साँचो प्रमाणित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स