राष्ट्रिय सहकारी बैंकको ११ वटा ब्रान्च मर्ज हुँदै, कुन ब्रान्च कहाँ गाभिए? (सूचनासहित)

राष्ट्रिय सहकारी बैंकको ११ वटा ब्रान्च मर्ज हुँदै, कुन ब्रान्च कहाँ गाभिए? (सूचनासहित)
Advertisement Ads

राष्ट्रिय सहकारी बैंक लिमिटेडले देशभर रहेका ११ वटा शाखा (ब्रान्च) कार्यालयहरू गाभ्ने भएको छ। बैंकले बिहीबार सूचना जारी गर्दै आगामी चैत १३ गतेदेखि सम्बन्धित नजिकको शाखा कार्यालयमार्फत सेवा सञ्चालन गरिने जनाएको छ।

हाल सञ्चालनमा रहेका केही शाखा एकआपसमा गाभिएपछि सम्बन्धित कारोबार नजिकको शाखाबाट नियमित रूपमा सञ्चालन हुनेछ। गाभिने शाखाहरूमा ताल्चोक शाखा पोखरा शाखासँग, तिलोत्तमा र बुटवल शाखा बुटवल शाखासँग, पुतलीबजार र वालिङ शाखा वालिङ शाखासँग, पुतलीसडक र न्यूरोड शाखा न्यूरोड शाखासँग, मुख्य शाखा (कुपण्डोल), इमाडोल र लगनखेल शाखा लगनखेल शाखासँग, कालिमाटी र कलंकी शाखा कलंकी शाखासँग, कोटेश्वर र ठिमी शाखा ठिमी शाखासँग, नयाँबजार, नारायणगोपाल चोक र गोंगबु शाखा गोंगबु शाखासँग, फिदिम र इलाम शाखा इलाम शाखासँग गाभिनेछ।

बैंकले यस मर्जका लागि नेपाल राष्ट्र बैंकबाट गत माघ २० मा स्वीकृति प्राप्त गरेको थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंका अनुसार शाखा समायोजनपछि सेवा प्रवाह थप प्रभावकारी, व्यवस्थित र दक्षतापूर्वक उपलब्ध गराउने उद्देश्य राखिएको छ। हाल बैंकका ६८ वटा शाखा कार्यालय मार्फत १६ हजारभन्दा बढी सहकारी संघ संस्थाले कारोबार गर्दै आएका छन् भने शाखा गाभिएपछि बैंकमा ५७ वटा शाखा मात्र रहनेछन्।

Notice ncbl branch merger notice 1773559908670 https://bajarkochirfar.com/11-branches-of-national-cooperative-bank-are-being-merged-which-branches-will-be-merged-with-which-with-information | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स