समस्याग्रस्त सहकारीका ६ हजार बचतकर्ताको १ अर्ब ५५ करोड फिर्ता गरियो: प्रधानमन्त्री ओली

समस्याग्रस्त सहकारीका ६ हजार बचतकर्ताको १ अर्ब ५५ करोड फिर्ता गरियो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी संस्थामा देखिएका बेथिति नियन्त्रण गर्न सरकार दृढतापूर्वक लागि परेको बताएका छन्। काठमाडौंमा आजदेखि सुरु भएको एमालेको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले सहकारी क्षेत्रका समस्याहरू समाधानका लागि १ हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीका अनुसार सहकारी संस्थामा गम्भीर अनियमितता गर्नेहरू विरुद्ध ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दाहरू दायर गरिएका छन्। उनले संसद्को छानबिन समितिले किटान गरेका ५ सयभन्दा बढी व्यक्ति थुनामा रहेको र बचतकर्ताहरूको रकम हिनामिना गर्ने कर्मचारीसमेत पक्राउ परेका बताए।

हालसम्म सरकारद्वारा समस्याग्रस्त घोषित २२ सहकारीहरूमध्ये ३ सहकारीका ६ हजार जति बचतकर्ताहरूलाई पूर्णरूपमा करिब १ अर्ब ५५ करोड रुपैयाँ फिर्ता गरिएको छ। त्यस्तै, अन्य सहकारीका करिब ८ हजार बचतकर्तालाई ७० प्रतिशत, र २ हजार बचतकर्तालाई ५० प्रतिशत रकम फिर्ता भइसकेको छ।

प्रधानमन्त्री ओलीले साना बचतकर्ताहरूलाई प्राथमिकतामा राख्दै सबै बचतकर्ताको रकम फिर्ता गराउन सरकार थप प्रभावकारी कदम चाल्न प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले सहकारी क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्न सरकार अझै कडाइका साथ अघि बढ्ने जनाए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स