आज (चैत २२ गते) सिद्धार्थ प्रिमियर इन्सुरेन्सको स्वामित्वमा रहेको २ कम्पनीको सेयर लिलामी भर्ने अन्तिम दिन हो । सिद्धार्थ प्रिमियरले फागुन १८ गतेदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोष कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको थियो ।
जसमा कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको (२० लाख ७३ हजार ४४६ कित्ता) र नागरिक लगानी कोषको ( २ लाख ३९ हजार ३७ कित्ता) सेयर लिलामीमा ल्याएको हो । यस सेयरको विक्री मूल्य नेपाल पुनर्बीमा कम्पनीको हकमा प्रतिकित्ता २८० र नागरिक लगानीकोषको हकमा प्रतिकित्ता ७८० रुपैयाँ उल्लेख गरिएको छ ।
आज (चैत २२ गते ) अपराह्न ३ बजेभित्र विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, बालुवाटार, काठमाडौंमा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा नागरिक लगानीकोषको लागि न्यूनतम १५ हजार कित्ता र नेपाल पुनर्बीमा कम्पनीको लागि न्यूनतम २० लाख ७३ हजार ४४६ कित्ता माग गर्नुपर्ने व्यवस्था छ ।







![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)




![के नेप्सेले बटम लगाउँदैछ? टेक्निकल एनालाइसिसले के भन्छ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-5-768x432.jpg)
![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया