सेयर बेचेको पैसा नदिएको भन्दै ब्रोकर नं. २० विरुद्ध पर्यो उजुरी

सेयर बेचेको पैसा नदिएको भन्दै ब्रोकर नं. २० विरुद्ध पर्यो उजुरी
Advertisement Ads

ब्रोकर नं. २० (सिप्ला सेक्युरिटिज) विरुद्ध नेप्सेमा सेयर बिक्री वापतको ७ करोड रुपैयाँ भुक्तानी नगरेको भन्दै एक लगानीकर्ताले ३ करोड रुपैयाँ ब्याज सहित १० करोड रुपैयाँ भुक्तानी पाउँ भनी उजुरी दिएका छन्। 

बजारको चिरफारलाई प्राप्त उजुरीपत्रमा ‘ सिप्ला सेक्युरिटिज लिमिटेडले पठाएको लेजरको आधारमा  कुल रकम करीव रु ७८,८१९,६६६ (सात करोड अठासी लाख उन्नाइस हजार छ सय छैसठी रुपैंया कारोवार भएको लामो समयसम्म भुक्तानी नदिई आलटाल गरेको र सो रकम र सोको कानून बमोजिमको सम्पूर्ण परिवार, आफन्त तथा कम्पनीहरूको मिलाएर करिब रु ३०,०००,००० (तीन करोड रुपैंया) व्याज समेत गरी कुल रकम रु १०८,८१९,६६६ (दस करोड अठासी लाख उन्नाइस हजार छ सय छैसठी रुपैंया) पाउनुपर्ने तुरुन्तै भुक्तानी गराइ ब्रोकरलाइ प्रचलित कानून बमोजिम हदैसम्मको कार्वाही गरी दिनुहुन अनुरोध छ । ’ उजुरीपत्रमा भनिएको छ, ‘ म जस्तै थुप्रै ग्राहकहरूको रकम ब्रोकरले दुरुपयोग गरी क्रिप्टो तथा हुन्डी कारोबारमा प्रयोग गरेको हुनाले सिपला सेक्युरिटिज लिमिटेडका तत्कालीन सञ्चालक थुनामा रहेकाले उक्त ब्रोकरलाई अनुसन्धानको दायरामा ल्याउनपर्ने देखिन्छ ।’

ज्ञानेश्वर स्थित सिप्ला सेक्युरिटिजलाई यस अघि नेप्सेले गत फाल्गुन १४ मा तोकिएको समयावधि भित्र राफसाफ तथा फर्छ्यौट कार्य नगरेकोले सीडीएस एण्ड क्लियरिङ लिमिटेडको सिफारिशका आधारण उक्त ब्रोकर कम्पनीलाई निलम्बन गरेको थियो। यसअघि सोही ब्रोकर सञ्चालकका छोरा अवैध क्रिप्टो र हुण्डी कारोबारमा संलग्नता देखिएपछि प्रहरीले पूर्वपक्षको लागि जेल चलान गरेको थियो । 

Untitled design 1 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%88%e0%a4%b8%e0%a4%be-%e0%a4%a8%e0%a4%a6%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%ad | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स