आज साताको अन्तिम कारोबार दिन नेप्से ६.७० अङ्कले बढेर २७६६.३८ मा बन्द भएको छ। बजारमा २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने १३ मध्ये ७ वटा समूहको सूचक घटेको छ। आज बजारमा धेरै उताचढाव देखिएपनि बन्द हुने क्रममा बजार सामान्य अङ्कले बढेर बन्द भएको हो।
नेप्से ६.७० अंकले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज सेयरबजार ६.७० अंकले बढ्दा ६ वटा कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७९ कम्पनीहरुको सेयरमूल्य बढेको छ। सर्किट लागेर सेयरमूल्य बढ्नेमा कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट्स लिमिटेड, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर लिमिटेड, सोनापुर मिनरल्स्, सर्वोत्तम सिमेन्ट रहेको छ।
नेप्से ६.७० अंकले बढ्दा कसको सेयरमूल्य सबैभन्दा बढी घट्यो:
आज दिनभरको कारोबारमा १६० कम्पनीहरुको सेयरमूल्य घटेको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, रु रु जलविद्युत र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड लघुबित्त रहेका छन।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






प्रतिकृया