नेपालको धितोपत्र बजारलाई लगानीकर्ताहरुले आफू अनकुल चलाउन खोज्दा सेयर बजारमा निरन्तर गिरावट देखिएको छ ।
नयाँ सत्ता समिकरण र विष्णु पौडेल अर्थमन्त्री भएसँगै २ हजार अंकमा रहेको पुँजीबजार छोटो समयमा ३ हजार अंक माथि पुगेको थियो । यसरी केही समय उचाई लिएको पुँजीबजार निरन्तर ओरालो लागेर २५ सय अंकको हाराहारीमा झरेको छ ।
पुँजीबजारप्रति सकारात्मक भएको सरकार एवं अर्थमन्त्री र राष्ट्र बैंकले समेत पुँजी बजार मैत्री मौद्रिक नीति ल्याएपनि बजारमा देखिएको सुधार क्षणिक बन्न पुगेको छ । ३ हजारमाथि पुगेको पुँजीबजार २५ सय अंकमा झरेसँगै अर्थमन्त्री आफैँले पुँजीबजार सुधारको लागि नेप्से लगायतका निकायहरुमा पुगेर निर्देशन समेत दिँदै आएका छन् । तर पनि बजारले सुधारको गति लिन सकेको छैन ।
अर्थमन्त्रीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुगेर गरेको अनुगमनसँगै बिहीवार उच्च अंकको सुधार देखिएको थियो । तर पनि पुँजीबजारले गति लिन सकेको छैन । गत असार १६ गते २०३७.०९ बिन्दुबाट ९६३.७२ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको बजार अहिले निरन्तर ओरालो लागिरहेको छ । बजार लगातार न्युन बिन्दुतर्फ झर्नुको पछाडी नीतिगत र सरकारको कारण भन्दा पनि लगानीकर्ताको कारण देखिएको छ ।
बजार घटबढ हुनु पुँजीबजारको सुन्दर पक्ष हो तर हद भन्दा पनि दल जानु ठूला लगानीकर्ताले बजारलाई आफू अनकुल चलाउनु खोजेको देखिन्छ । २ हजार अंकको सेयर बजार ३ हजार माथि पुग्नुलाई अधिकांश लगानीकर्ताले पुँजीबजार करेक्शनपछिको बाउन्सको रूपमा लिएका थिए । सरकारले नीतिगत सुधार र बजारलाई पारदर्शी रुपमा लैजानसके पुँजीबजार सुधारको बाटोमा जाने देखिन्छ । पछिल्लो समय पुँजीबजारमा देखिएको गिरावट लगानीकर्ताको अस्थिरताको कारण भएको लगानीकर्ताहरुले समेत स्वीकार गरेका छन् ।
पुँजीबजार लगानीकर्ताहरुले बजारलाई स्वतःस्फुर्त भन्दा पनि लगानीकर्ता अनकुल चलाउन खोज्दा बजारमा असर परेको कुरामा लगानीकर्ता समेत सहमत देखिएका छन् । पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ठूला,पुराना र अनुभवी लगानीकर्ताले बजारलाई आफू अनकुल चलाउँदा पुँजीबजार सुधार हुन नसकेको बताइन् ।
उनले बजारलाई स्वतन्त्र छोड्नुपर्ने भएपनि बजारलाई ठूला लगानीकर्ताले नियन्त्रणमा लिन खाजेको आरोप लगाइन् । अध्यक्ष पोखरलेले सेयर बजार सानो कुराले पनि दीर्घकालिन असर पर्ने गरेको भन्दै लगानीकर्ता अनुकुल चलाउने प्रयासले बजार माथि जान नसकेको बताइन् । उनले नेपालको पुँजीबजार आर्थिक सूचकांकले भन्दा पनि राजनीतिक इण्डिकेटरले चलाइरहेको बताइन् ।
उनले पुँजीबजार सुधार हुन नसक्नु लगानीकर्ता नै दोषी रहेको बताइन् उनले पछिल्लो समय सानादेखि ठूला लगानीकर्ता समेत सेयर बजारका लगानीकर्ता भन्दा पनि व्यापारी बन्न खोज्दा बजार समस्यामा पुगेको बताइन् । उनले पुँजीबजार माथि जाँदा ६२ लाख लगानीकर्ता बजार प्रवेश गरे जस्तो लाग्ने र बजार तल जाने बित्तिकै बजार सुस्ताएको जस्तो देखिने बताइन् ।
न्युज एजेन्सी नेपालसँग् कुरा गर्दै उनले बजार बढेको समयमा ब्रोकरलाई भुक्तानी नगरी ठूला लगानीकर्ताले नाफा कमाएको आरोप लगाइन् । उनले त्यही समयमा बजारमा गिरावट आउँदा ब्रोकरलाई व्यवस्थापनमा समस्या हुँदा बजारमा कारोबार रकम कम र अंक दुवैमा गिरावट आएको बताइन् । सरकारले पुँजीबजार सुधारको लागि अझै थप नीतिगत सुधार गर्न जरुरी रहेको उल्लेख गरिन् ।
उनले भनिन्,‘पुँजीबजारको सुन्दर पक्ष भनेकै घटबढ हुनु हो । साधरण रुपमा बजार चल्छ भने त्यसलाई साधरण रुपमा लिइन्छ । सरकारको नयाँ समिकरण र अर्थमन्त्रीलाई लगानीकर्ताले रुचाएको अवस्था हो । विष्णु पौडेल अर्थमन्त्री भएकै कारण बजार माथि गएको थियो । तर बजारलाई व्यवस्थित बनाउन नीतिगत सुधार गर्नुपर्ने कुराहरु धेरै छन् । त्यो हुन सकेको छैन । नेपालको पुँजीबजार परिपक्क भइसकेको छैन । अहिले पुँजीबजारमा लगानीकर्ता भन्दा पनि टेण्डर भएका छन् । अर्थात लगानीकर्ता भन्दा पनि सेयर व्यापारी भएका छन् । पछिल्लो समय जसरी बजार उकालो लाग्यो त्यही रुपमा बजार ओरालो पनि लायो । यसमा अर्थमन्त्री र सरकारलाई दोष दिने होइन । लगानीकर्तामा लगानी गर्ने प्यासन छैन । आज बजार घट्नुमा लगानीकर्ता नै दोषी छन् । बजारमा प्रवेश गर्ने बेच्ने प्रचलन बढी भयो । लगानीकर्ता पनि दोषी छन् । पुँजीबजारमा लगानीको उपयुक्त वातावरण हुँदा पनि सेयरलगानी कर्ताले बजारलाई आफू अनकुल चलाउन खोज्दा बजारमा समस्या भएको छ ।’
अनिष मिजार/न्युज एजेन्सी नेपाल








![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)





![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया