सेयर बजारको उकालो यात्रा बुधबार पनि जारी, १२ अर्बभन्दा बढीको कारोबार

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २ गते
सेयर बजारको उकालो यात्रा बुधबार पनि जारी, १२ अर्बभन्दा बढीको कारोबार

नेप्सेमा  उच्च वृद्धि भएको छ । सेयर बजारको उकालो यात्रा बुधबार पनि जारी रहेको छ ।   बुधबार नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ अङ्कमा पुगेको छ । लगानीकर्ताको मनोबल उच्च हुँदा सेयर बजार सकारात्मक भएसंगै  कारोबार रकममा पनि बढ्दोक्रममा रहेको छ । आज १२ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज सेन्ट्रल फाइनान्सको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सिंगटी हाइड्रोको ९.९७, अन्खु खोला हाइड्रोको ९.९५ प्रतिशतले बढेको छ । त्यस्तै आज सिटिजन म्युचुअल फन्ड २ को शेयर मुल्य सबैभन्दा बढी ९.९० प्रतिशतले घटेको छ ।

आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिंगटी हाइड्रोको २३ करोड ३५ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रा एण्ड डेभलपमेन्ट बैंकको २२ करोड ७१ लाखको कारोबार भएको छ । यस दिन ३०६ कम्पनीको ३ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स