सेन्चुरी बैंकका अध्यक्षसहित आठ जना पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २८ गते
सेन्चुरी बैंकका अध्यक्षसहित आठ जना पक्राउ

केन्द्रिय अनसुन्धान ब्यूरोले तत्कालीन सेन्चुरी बैंकका (हाल प्रभु बैंकमा मर्ज भएको) अध्यक्ष राजेश श्रेष्ठलाई पक्राउ गरेका छन् । ब्यूरोले श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो ।

सीआइबिले सोमबार सोहि बैंकका सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, गीता प्रधान, रोशनकुमार निरौला, मनबहादुर राई, राजेशकुमार दली र शिव रिसाललाई नियन्त्रणमा लिएको हो । बैंकले दिएको ऋणमध्ये ९७ करोड ४१ लाख रुपैयाँ धितोले खाम्नेभन्दा बढी भएको अनुसन्धानका लागि सञ्चालक समितिका सदस्य लगायतलाई पक्राउ गरिएको हो ।

यसअघि पनि सीआइबीले कर्जा प्रवाहको विषयमा फागुन १५ गते १० जना बैंक कर्मचारीलाई पक्राउ गरेको थियो। उनीहरु हाजिरी जमानीमा छुटेका थिए ।

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स