आज सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य ११५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८४५ रुपैयाँ कायम भएको छ।
सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेपछि सोमबारदेखि मूल्य समायोजन गरिएको छ। भन्सार दर घटाउने निर्णय भारतबाट सुन तस्करी रोक्नका लागि भएको बताइएको छ।
यसअघि, बजेटमार्फत भन्सार दर १५ प्रतिशतबाट २० प्रतिशत बनाइएको थियो। तर भारतमा पूर्ण बजेट आउने क्रममा भन्सार दर घटाइएपछि नेपालमा सुन महँगो र भारतमा सस्तो भएको थियो। यसले गर्दा नेपालमा तस्करीको सुन भित्रिएको आशंका उठेको छ भने औपचारिक माध्यमबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ।



![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)







![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया