सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले दिएको नयाँ सरकार गठन गर्न आज साँझ ५ बजेसम्मको समय दिएका हुनाले त्यो समय भित्र नयाँ सरकारको दाबि गर्ने तयारी भइरहेको छ ।
केन्द्रमा कांग्रेस एमालेको नयाँ गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार एमालेको समर्थनमा आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछ ।
मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमलबहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको छ । कांग्रेसबाट प्रकाश देउवा र
बहादुरसिंह थापा पनि मुख्यमन्त्रीमा दाबि गरेका छन् । कांग्रेसले मुख्यमन्त्रीको विषय टुंगो लगाउन आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पनि टुङ्गो लगाउने छ ।
सुदूरपश्चिममा कांग्रेस र एमाले बहुमतमा रहेका छन् । ५२ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८ र एमालेका १० सांसद रहेका छन् । त्यस्तै सरकारलाई ७ सांसद रहेको नाउपाले पनि समर्थन गर्ने भएको छ ।
यस बाहेक सुदूरपश्चिममा माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद छन् ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया