सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा सेयर बिक्रीमा ल्याएको छ। कम्पनीको विशेष साधारण सभाले गरेको निर्णय बमोजिम सेयरधनीहरुको हाल कायम चुक्ता पूँजीको अनुपातमा १३ लाख ८८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
हाल यस सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । उक्त सेयरको प्रतिकित्ता न्युनतम मूल्य २ सय रुपैयाँमा रहेको छ । जसमा १ सय रुपैयाँ अंकित मूल्यमा र १ सय रुपैयाँ प्रिमियम बापतको थप गरी प्रतिकित्ता २०० रूपैयाँ रहेको हो ।
सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र कम्पनीको संचालक समितिमा आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापकहरू बाट आवेदन नपरेमा अन्य लगानीकर्तामा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
#BajarkoChirfar







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)


![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)









प्रतिकृया