साउदी, कतार लगाएतका श्रम गन्तव्य मुलुक जान भारतीय विमानस्थल हुँदै गए एनओसी नचाहिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २६ गते
साउदी, कतार लगाएतका श्रम गन्तव्य मुलुक जान भारतीय विमानस्थल हुँदै गए एनओसी नचाहिने
Advertisement Ads

श्रम स्वीकृति प्राप्त नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) आवश्यक नपर्ने व्यवस्था लागू गरिएको छ।

दिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको सूचनामा साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया, र लेबनान गन्तव्यका लागि श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूले एनओसी लिनु नपर्ने जनाइएको छ।

त्यस्तै, नेपाली कूटनीतिक, आधिकारिक, सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज-पासर (यूएनएलपी) भएका नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक नपर्नेछ।

अमेरिका, बेलायत र सेनजेन भिसा भएका नेपाली नागरिकलाई एनओसी नचाहिने भए पनि रुस जाने यात्रुहरूलाई, छात्रवृत्तिमा र व्यावसायिक भिसामा बाहेक, एनओसी लिनुपर्नेछ।

एनओसी आवश्यक पर्ने नागरिकहरूलाई, यात्रा मिति अगाडि कम्तिमा सात दिन पहिले, सबै आवश्यक कागजातसहित दूतावाससँग सम्पर्क गर्न अनुरोध गरिएको छ। एनओसीको सेवा शुल्क प्रति व्यक्ति १००० भारू तोकिएको छ।

Advertisement Ads

NOC Notice https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%be%e0%a4%89%e0%a4%a6%e0%a5%80-%e0%a4%95%e0%a4%a4%e0%a4%be%e0%a4%b0-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%8f%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%ae-%e0%a4%97 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स