सरकारले खारेज गर्यो राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तिसम्बन्धी निर्देशिका

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २५ गते
सरकारले खारेज गर्यो राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तिसम्बन्धी निर्देशिका
AdvertisementAds

सरकारले सरकारले खारेज गर्यो राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तिसम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले सरकारले खारेज गर्यो राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तिसम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति,सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका २०८० खारेज गरेको प्रवक्ता गुरुङले बताए । यस अघि प्रचण्ड नेतृत्व सरकारले मुख्य सचिवलाई राजीनामा गर्न लगाएर शंकरप्रसाद बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएका थियो ।

तर, केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि बैरागी राजीनामा दिन बाध्य भएका थिए । उनले राजीनामा दिएसँगै यो पद आवश्यक नभएको भन्दै सरकारले  राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति,सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका २०८० खारेज गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स