संसदमा बोली चिप्लिएर पुष्पकमल दाहालको स्मृतिमा भनेपछि…

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ७ गते
संसदमा बोली चिप्लिएर पुष्पकमल दाहालको स्मृतिमा भनेपछि…
AdvertisementAds

एमालेका सांसद किरण कुमार साहले पुष्पलाल श्रेष्ठ भन्नुपर्नेमा पुष्पकमल दाहाल भनेपछि तत्कालै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ती जनाएका छन् ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदले त्यस्तो भनेका हुन् ।

सांसद साहले भनेका थिए,’नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पकमल दाहाल  पुष्पलालज्यूको ४६ औं स्मृति दिवसको उपलक्ष्यमा श्रद्धासुमन व्यक्त गर्न चाहन्छु।’ उनी बोल्दै गर्दा सांसद पाण्डेले नियमापत्ती जनाएपछि  सभामुखले साहलाई रोकेर उनलाई बोल्न दिएका थिए।’

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद साहलाई आफूले बोलेको विषयमा प्रष्ट पार्न निर्देशन दिएका थिए। जवाफमा साहले आफूले बोल्दै गर्दा पुष्पलाल भन्नुपर्नेमा  पुष्पकमल दाहाल भन्न आएकाले क्षमता चाहन्छु, भनेपछि उनलाई आफ्नो कुरा अगाडी बढाउन दिइएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स