श्वेत–गंगामाले दियो डोल्मा इम्प्याक्ट फण्ड १ को ३८ लाख ५१ हजार कित्ता सेयर कारोबार गर्न स्वीकृति

बजारको चिरफार
बजारको चिरफार
२०८० चैत्र २२ गते
श्वेत–गंगामाले दियो डोल्मा इम्प्याक्ट फण्ड १ को ३८ लाख ५१ हजार कित्ता सेयर कारोबार गर्न स्वीकृति

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले संस्थापक सेयरधनी विदेशी लगानीकर्ता ( डोल्मा इम्प्याक्ट फण्ड १ ) को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता सेयर कारोबार गर्न स्वीकृति प्रदान गरेको छ ।

हाल श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रकसनको चुक्ता पुंजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ रहेको छ । जस मध्ये २४.१७ प्रतिशत शेयर डोल्मा इम्प्याक्ट फण्ड १ सँग छ । कम्पनीको संस्थापक सेयरधनीको रुपमा रहेको डोल्मा इम्प्याक्ट फण्ड १, को स्वामित्वमा रहेको उक्त सेयर खरीद विक्री वा हस्तान्तरण वा लेनदेखन गर्न नसक्ने गरी एक वर्षसम्म रोक्का रहेको थियो । एक वर्षसम्म रोक्का रहने व्यवस्था बमोजिम रोक्का रहेको उक्त सेयरको  लकइन अवधि गत फागुन २ गते सकिएको थियो।

आफ्नो सेयर खरिदबिक्री गर्न उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाबाट डोल्मा इम्प्याटले सैद्धान्तिक सहमति प्राप्त गर्नुपर्छ। यसका कम्पनीको तर्फबाट पनि सहमति प्रदान गर्नुपर्ने व्यवस्थाबमोजिम श्वेत गंगा हाइड्रोपावरको सञ्चालक समितिले डोल्मा इम्प्याक्टलाई आफ्ना नाममा रहेको सेयर बेच्न सहमति प्रदान गरेको हो ।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स