नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू बीपी कोइरालाको छोरा भएकै कारण सजिलै चुनाव जित्ने गरेको बताएका छन्। सोमबार बीपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस बागमती प्रदेशद्वारा आयोजित ‘बीपी, व्यक्ति एकः विचार अनेक’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्।
कोइरालाले भने,‘सबै कुरामा उत्कृष्ट हुन धेरै नै गाह्रो छ। कहिलेकाही मलाई के लाग्छ भने म एउटा साधारण परिवारको सदस्य भएको भए कति स्वतन्त्र हुन्थे होला। तर, म आफूलाई पूरै जकडिएको अनुभव गर्छु। यो गर्नु हुँदैन, यो गर्नुपर्छ, राम्रो गर्नुपर्छ भन्नेमा केन्द्रित हुनुपरेको छ। तर, यसमा एउटा रमाइलो पक्ष पनि छ बीपीको छोरा भएको हुनाले हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन्। कति सजिलै चुनाव पनि जित्छु। केही गर्नै पर्दैन।’
आफूले पाँच पटक चुनाव जितिसकेको उल्लेख गर्दै कोइरालाले अब आगामी दिनमा पार्टी सभापतिको लागि लड्ने संकेत गरे। उनले भने,
‘पाँच चोटि त चुनाव जितेँ। त्यसैले यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्ला जस्तो लागेको छ। अब त्यो त भविष्यले भन्छ,’
त्यस क्रममा उनले बीपीको आदर्श र संघर्षको चर्चा गर्दै बीपीले सधैं असल मान्छे बन्नुपर्ने भन्ने गरेकाले असल बन्न पनि धेरै कठिन हुने गरेको सुनाए।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया