लगानीकर्ता भन्छन्: ३००० मा प्रोफिट बुक नगर्दा आइफोन १६ किन्न पाईएन 

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २५ गते
लगानीकर्ता भन्छन्: ३००० मा प्रोफिट बुक नगर्दा आइफोन १६ किन्न पाईएन 

पछिल्लो समय सेयर बजारमा देखिएको गिरावटले लगानीकर्ताहरूलाई निराश बनाएको छ। यतिबेला लगानीकर्ताहरुले सामाजिक सञ्जालमा बजार बढेर ३ हजारमा पुगेको बेला प्रोफिट बुक गरेको भए एप्पलले भर्खरै सार्वजनिक गरेको आईफोन १६ किन्न सकिने रहेछ भन्ने प्रतिक्रिया दिइरहेका छन। 

“बजार ३,००० अंकमा पुगेको बेला प्रोफिट बुक गरेको भए, अहिले आईफोन १६ किन्न सकिन्थ्यो। अहिले बजार घटेकोले त्यो अवसर गुम्यो” एक लगानीकर्ता फेसबुकमा लेखेका छन् |

एप्पलले हालै आईफोन १६ सिरिजमा आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो, र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ। 

आईफोन १६ को सुरुवाती मूल्य अमेरिकी बजारमा ७९९ डलर (करीब १ लाख १० हजार रुपैयाँ) रहेको छ भने आईफोन १६ प्लसको सुरुवाती मूल्य ८९९ डलर (करीब १ लाख २० हजार रुपैयाँ) छ। त्यस्तै, आईफोन १६ प्रोको सुरुवाती मूल्य ९९९ डलर (करीब १ लाख ३३ हजार रुपैयाँ) र आईफोन १६ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर (करीब १ लाख ६० हजार रुपैयाँ) कायम गरिएको छ।

बजारमा आएको गिरावटले धेरै लगानीकर्ताले प्रोफिट बुक गर्ने अवसर गुमाएपछि अबको बजार सुधारको पर्खाइमा छन्। ‘अब फेरि बजार बढेपछि आइफोन १६ र म्याकबुक एकैपटक किन्छु।’ अर्का लगानीकर्ताले बजारको चिरफारसँग भने। 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स