सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुलेलले पनि बजार तल आउनुको मुख्य कारण लगानीकर्ताले नाफा बुक गर्नु रहेको बताएका छन् ।
उनले बजार करेक्शन हुनु राम्रो भएपनि अहिलेको स्थितिमा आउनु राम्रो नभएको बताए । उनले पछिल्लो समय बजारमा सेयर बेच्ने लगानीकर्ताहरुले अफवाह फैल्याउने खालका कार्यले बजार तल झरेको बताए ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सेयर बजारलाई लगानीकर्ता अनकुल चलाउन खोज्दा पनि बजार माथि जान नसकेको बताए । उनले बजार अनुकुल लगानीकर्ता चल्नुपर्ने भएपनि बजारलाई लगानीकर्ताले आफू अनकुल चलाउन खोज्दा सेयर बजार प्रभावित भएको बताए ।
उनले आगामी दिनमा पनि पुँजीबजार सुधार हुँदै जाने बताए।
उनले भने,‘सेयर बजारमा रुचाएका अर्थमन्त्री आएकाले पनि दुई वर्षदेखि सिथिल बनेको सेयर बजारमा सुधार भयो । नयाँ सरकार बनेसँगै केही नीतिगत सुधार हुने अपेक्षाका साथ सेयर बजार लगानीकर्ता उत्साहित हुँदा बजार सुधार देखियो । सेयर बजारको विशेषता केही समय बुलमा जाने र बेरिसमा जाने ट्रेन हुन्छ । त्यो अनुसार नेपाली पुँजीबजार बेरिसको अन्त्यतिर थियो । त्यो बेलामा नयाँ सरकार बन्यो । त्यसपछि पुँजीबजार माथि गयो । तर पछिल्लो समय लगातार बजार तल आयो । बजार तल आउनुको मुख्य कारण लगानीकर्ताले नाफा बुक गर्नु हो । त्यसलाई करेक्सन मान्नुपर्छ । तर यति तल आउनु पर्ने होइन बजारमा सेयर बेच्नेहरुले बजारमा अफवाह फैल्याउने खालका कार्यले बजार तल झर्यो । अहिले बजारमा तरलता प्रशस्त छ । वेसरेट पनि कम हुँदै आएको छ । बैंकहरुमा सेयर कर्जा प्रवाह गर्न तयार छन् । तर लगानीकर्ताहरु अस्थिरता हुने आशंकाका कारण पनि कर्जा लिन जान सकेका छैनन् । त्यसको लागि सरकारले केही कुराहरु तत्काल सम्बोधन गर्नुपर्छ । तत्काल सरकारले पुँजीबजारसम्बन्धी नीतिगत सुधारका प्रक्रिया अघि बढाउनुपर्छ । धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्नुपर्छ ।’
अनिष मिजार/न्युज एजेन्सी नेपाल









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया