लामो समयदेखी रोकिएको साधारण सेयरको निष्काशन असार ७ गतेबाट खुलिसकेको छ। करिब ६ महिना पछि यो प्रकृया खुलेको हो। धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि साधारण सेयरको अनुमति प्रकृया रोकिएको थियो। हाल सम्म पनि बोर्डको अध्यक्षमा कोही नियुक्त भएको छैन ।
बोर्ड अध्यक्षका लागि आवेदन दिएका मध्ये सर्टलिस्ट भएका ५ जनालाई असार २ गते अन्तरवार्ताको लागि बोलाईएकोको थियो। ५ जना मध्ये दुई जना मात्र अन्तरवार्ताको लागि उपस्थित भएका थिए। कानुनी व्यवस्था अनुसार दुई जनालाई मात्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न नमिल्ने भएकाले बाँकी उमेदवारलाई असार ५ गते अन्तवार्ताको लागि बोलाईएयो। सो दिनपनि कुनै उम्मेद्वार सहभागी नभए पश्चात हालका लागि अध्यक्ष नियुक्ति रोकिएको थियो।
६ महिना सम्म रोकिएको अनुमति असार ७ गते बाट खोलिएको हो। नेपाल धितोपत्र बोर्डले हकप्रद बिक्रीका लागि हिमालय ऊर्जालाई अनुमति दिइसकेको छ। यस कम्पनीले अनुमति पाएसँगै धितोपत्र बोर्डको पाइपलाइनमा रहेका अन्य कम्पनीहरुले पनि आइपिओ र हकप्रदको अनुमति पाउने देखिन्छ।
नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका १ दर्जन कम्पनीले पनि अब क्रमश: अनुमति पाउने देखिन्छ। हाल पाइपलाइनमा हकप्रद निस्कासन लागि १२ कम्पनीले कुल ५ अर्ब २२ करोड ४१ लाख २४ हजार रूपयाँ बराबरको निष्काशन लागि अनुमति कुरिरहेका छन। पाइपलाइनमा रहेका कम्पनीहरु मध्ये ८ वटा हाइड्रोपावर, २ वटा लाइफ इन्स्योरेन्स र दुई वटा नन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन्।
हकप्रद निष्काशन अनुमतिको प्रतीक्षामा रहेका कम्पनी मध्ये छ्याङ्ग्दी हाइड्रोपावर लिमिटेडले १:१ अनुपातको लागि कुल ३८ लाख ६९ हजार ७७५ कित्ताको हकप्रद निष्कासनको लागि आवेदन दिएको थियो। अनुमति पाएसँगै कम्पनीको निस्कासन प्रक्रिया धमाधम अघि बढ्नेछ। दाेस्राे प्रतिकृया प्राप्त कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले पनि १.०.८८४५१६८ अनुपातमा कुल २ करोड ३४ लाख ६८ हजार कित्ताको हकप्रद निष्कासनको लागि आवेदन दिएको थियो। त्यस्तै, प्रतिकृया प्राप्त तेस्रो कम्पनी आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १:१.५ अनुपातमा १ करोड २० लाख कित्ताको लागि आवेदन दिएको थियो। चौथो कम्पनीमा ङ्गादी ग्रुप पावर लिमिटेडले १:१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२३ कित्ता को लागि आवेदन दिएको थियो।
#Bajarkochirfar #bazarkochirfar












![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






प्रतिकृया