रास्वपा बैठकमा जलन सबन्धी विधेयकमा गम्भिर छलफल हुदैँ

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २८ गते
रास्वपा बैठकमा जलन सबन्धी विधेयकमा गम्भिर छलफल हुदैँ

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा जलन सबन्धी विधेयकमा छलफल हुने भएको छ ।

आज मंगलबार विहान १०ः ३० बजे बोलाइएको बैठकमा सदनमा रास्वपाको भुमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुनेछ ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको छ ।  उनका अनुसार समसामयिक, राजनीतिक घटनाक्रमसहित थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी  विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको बिधेयकहरू सम्बन्धि, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक र विविध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स