राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ ।
अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपनि केन्द्रीय समितिले उनलाई साधारण सदस्यबाट भने नहटाएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।केन्द्रीय समितिले ढकाललाई केन्द्रीय समितिको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन सक्ने निर्णय गरेको छ ।
असार २० गते बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्तबाट निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।आफुलाई निलम्बन गरेपछि ढकालले भने आफुलाई स्पष्टीकरणको समेत अवसर नदिएर कारवाही गरेको गुनासो गरेका थिए ।








![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)




प्रतिकृया