नेकपा माओवादी सांसद माधव सपकोटाबाट राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदका लागि आह्वान गरेपनि माओवादी अदालत नजाने प्रष्ट परेका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसंग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
उनले राजनीतिक विषयलाई लिएर अदालत जाने प्रक्रिया फेसन भएको भन्दै आफूहरु त्यस्तो नगर्ने बताए। उनले भने “हाम्रो पार्टीले निर्णय गरेर औपचारिक रूपमा अदालत जाने कुरा आउँदैन। यो राजनीतिक विषय हो यो राजनीतिक विषयलाई लिएर अदालत जाने जुन फेसन चलेको छ, त्यो राम्रो कुरा हैन। खास खास बेलामा संविधानको व्याख्या गर्ने बेलामा धेरैनै दोठाङखायो भने मात्रै राजनीतिकर्मीहरुले अदालत मुद्धा बोकेर जाने हो। नभए राजनीतिकर्मीहरुको आफैले निर्णय सम्पादन गर्ने हो। त्यसरी हेर्दा माओवादी पार्टीका तर्फबाट औपचारिक रूपमा हामी मुद्दा बोकेर अदालत जाँदैनौं।”
संचारकर्मीहरुसंग बोल्दै उनले राष्ट्रपतिको निणर्यलाई मान्नुको अर्को विकल्प नभएको समेत जिकिर हरे।
















प्रतिकृया