लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ ग्रहण गरेका छन् । सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले आज (बुधबार) प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन् । आचार्य एमाले संसदीय दलको उपनेता हुन् ।
मुख्यमन्त्री आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अस्वस्थ भएका कारण अनुपस्थित भए ।
एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए ।त्यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएका छन् ।




















प्रतिकृया