राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीको साधारण सदस्यताबाट हटाइएपछि कडा प्रतिक्रिया दिएका छन्। उनले पार्टीको निर्णयलाई ‘रवि लामिछाने क्लब’ को कारबाहीको संज्ञा दिँदै, लामिछानेको नैतिकतामाथि गम्भीर प्रश्न उठाएका छन्।
फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै ढकालले आफूलाई पार्टीले होइन, लामिछानेको क्लबले निस्कासन गरेको बताएका छन्। उनले न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि रवि लामिछानेले नैतिकताको आधारमा पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।
ढकालले लामिछानेलाई ‘नैतिकरूपले पतित’ पात्रको संज्ञा दिँदै, उनीबाट कुनै नैतिकताको अपेक्षा नगरेको तर उनको पतन समयले प्रमाणित गर्दै जाने बताएका छन्। सहकारी प्रकरणमा लामिछानेले जनतालाई भ्रमित पार्ने र न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गरेको आरोपसमेत ढकालले लगाएका छन्।
यसअघि, पार्टीले ढकाललाई दुईपटक स्पष्टीकरण सोधेको थियो, जसमा उनले लामिछानेमाथि सहकारी ठगी, भ्रष्टाचार, र दोहोरो राहदानी प्रयोगको आरोप लगाएका थिए। ढकालले आफ्नो कारबाहीलाई वैधानिक नरहेको भन्दै निर्वाचन आयोगमा निवेदन समेत दिएका छन्।









![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)




प्रतिकृया