महानगरपालिकाले श्री केश तेलको मपदण्डअनुसार गुणस्तर पाएमा मंगलबारदेखि बिक्री वितरण खुला गर्ने बताएको छ । कपाल उमार्ने, झर्नबाट रोक्ने भन्दै महँगो शुल्क लइरहेको श्री केश तेल बिक्री वितरणमा काठमाडौं महानगरपालिकाले आइतबार प्रतिबन्ध लगाएको थियो ।
पछिल्लो समय व्यापक चर्चामा रहेको श्री केश तेल बिनाअध्ययन जडीबुटीयुक्त तेल उत्पादन गर्दै महँगो शुल्क लिएर तेल बिक्री गरिरहेको उजुरीको आधारमा महानगरपालिकाले तीन दिनका लागि प्रतिबन्ध लगाएको हो।
गत सोमबार कम्पनीले पत्रकार सम्मेलन गर्दै तेलको गुणस्तरमाथि उठेको प्रश्नमा प्रष्टीकरण गरेका थिए कम्पनीका प्रबन्धक टीकाराम बुढाथोकीले सप्तऋषिद्वारा उत्पादित ‘श्री केश’ ले ट्रेडमार्क समेत पाइसकेको बताएका थिए र तेलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरू कपालको सुरक्षा, पोषण र उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको बताए।
महानगरपालिकाले गुणस्तरबारे परीक्षण गर्ने र त्यसको रिपोर्ट आएपछि आवश्यक कारबाही अघि बढाउने जानकारी दिएको थियो । यसको उत्पादक सप्तऋषि आयल एन्ड कस्मेटिक प्रालिको कार्यालय महानगरपालिकाअन्तर्गत मध्यबानेश्वरमा रहेको छ। उत्पादकमाथि बिनाअध्ययन जडीबुटीयुक्त तेल बिक्री वितरण गरेको आरोप पनि छ तेसैले महानगरले कार्यालयमा रहेको बोर्डसमेत हटाएको छ।
#Bajarkochirfar #bazarkochirfar







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया