भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्यादको प्रावधान हटाइयो

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १४ गते
भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्यादको प्रावधान हटाइयो

प्रतिनिधिसभाको राज्य व्यवस्था समिति बैठकले भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयकबाट भ्रष्टाचार कसुरको पाँच वर्षे हदम्यादको प्रावधान हटाएको छ। शुक्रबार सिंहदरबारमा विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले हदम्यादको प्रावधान हटाउन प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रुपमा उक्त प्रावधान हटाइएको हो।

समिति सभापति रामहरि खतिवडाका अनुसार, भ्रष्टाचारजन्य कसुरमा पाँच वर्षे हदम्याद राख्ने विषयमा सदनदेखि सडकसम्म विरोध हुँदै आएको थियो, जसलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो। अब विधेयकमा कुनै पनि हदम्यादको कुरा उल्लेख हुनेछैन।

यसअघि, सत्तारूढ दलका साथै प्रतिपक्षी दलका सांसदहरूले पनि भ्रष्टाचारजन्य कसुरमा हदम्याद नराख्नुपर्ने भन्दै विधेयकमा संशोधन प्रस्ताव राखेका थिए। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले पनि हदम्याद नराख्नुपर्ने पक्षमा रहेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स