रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको खबर बुधबार राति सार्वजनिक गरिएको हो।
उमेरजन्य रोगका कारण पीडित रतन टाटालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। २ दिनअघि आईसीयूमा भर्ना गरिए पनि उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य ठिक भएको जानकारी दिएका थिए।
रतन टाटालाई भारतको दोस्रो सर्वोच्च नागरिक सम्मान, पद्म विभूषण सन् २००८ मा, र पद्म भूषण सन् २००० मा प्रदान गरिएको थियो।
रतन टाटाको निधनले भारतीय उद्योग र समाजमा ठूलो क्षति पुर्याएको छ।
















प्रतिकृया