ब्याट्री सकिएको घडीजस्तो १ वर्षदेखि बजार १८००-२२०० मै रह्यो, अब चाहिँ ‘ब्याट्री’ फेरिन्छ 

बजारको चिरफार
बजारको चिरफार
२०८० चैत्र २५ गते

सेयर बजारका अध्येता तथा लगानीकर्ता अम्बिर बोगटीले बजारको विगत १ वर्षको मुभमेन्टलाई ब्याट्री सकिएको घडीसंग तुलना गरेका छन्। बजारको चिरफारको कार्यक्रम चिरफार बहसमा बोल्दै उनले ब्याट्री सकिएको घडि तल जाउँ कि माथि जाउँ भनेर हल्लिरहेजस्तो एक वर्षसम्म बजार १८०० देखि २२०० को बिचमा घुमेको बताए। ‘अब चाहिँ ब्याट्री फेरिन्छ होला’, उनले भने।

सबै क्षेत्रबाट सेयर बजारलाई अनुकुल हुने अवस्था आएको बताउँदै बैंकमा थुप्रिएको पैसा सेयर बजारमा आउने वातावरण बनेको अवस्थामा बजारमा उछाल आउने उनले बताए।

लगानी सम्मेलनको सम्मुखमा रहँदै गर्दा पूँजी बजारका लगानीकर्ताको मनोबल बढ्ने काम गर्नुपर्ने पनि उनले बताए। छिमेकी देश भारतको बजारको उदाहरण दिँदै उनले नीति राम्रो भए सबै क्षेत्र राम्रो हुने बोगटीले बताए

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स