यस वर्षको बाढीपहिरोबाट तनहुँमा सात हजार प्रभावित हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तयार गरेको आपत्कालीन प्रतिकार्य योजना २०८१ अनुसार यस वर्षको मनसुनबाट जिल्लामा सात हजार मानिस प्रभावित हुनसक्ने अनुमान गरिएको हो ।
गण्डकी प्रदेशमा यस वर्ष १५ हजार नौ सय ६९ घरका ७० हजार प्रभावित हुने आकलन गरिएको बताउँदै तनहुँलाई यस वर्ष पहिराको उच्च जोखिमका रुपमा राखिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष जनार्दन गौतमले जानकारी दिए । “ विभिन्न तथ्याङ्कका आधारमा वैज्ञानिक विधिबाट विश्लेषण गरी निश्चित अवधिमा विपद्बाट प्रभावित हुनसक्ने जनसङ्ख्याको पूर्वानुमान गरिएको छ । जिल्लामा अरु विपद्भन्दा पहिराबाट बढी जोखिम देखिन्छ”, उनले भनेका छन् ।
प्रजिअ गौतमका अनुसार सन् २०१० देखि २०२० सम्म गृहमन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कका आधारमा यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने जनसङ्ख्या करिब १२ लाख ५० हजार रहेको छ ।
जिल्लाका चार नगरपालिका र छ गाउँपालिका पहिराको उच्च जोखिममा छन् । पहिरापछि बाढी, आगलागी, महामारी, सुक्खा खडेरी, सडक दुर्घटना र चट्याङ तथा हुरीको जोखिम रहेको प्रजिअ गौतमको भनाइ छ ।
प्रतिकार्य योजनामा उल्लेख भएअनुसार जिल्लाका १० पालिकाका ८५ वडामध्ये ४८ वडा पहिराका जोखिममा रहेका उनले जानकारी दिए ।















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)




![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया