प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–एमालेको गठबन्धन सरकारआगामी चुनावसम्म कायम रहने दाबी गरेका छन्। काठमाडौमा आयोजित EMAE को जागरणसभामा सम्बोधन गर्दै ओलीले सरकार माघ–फागुनमा ढल्छ भन्ने भ्रम नपाल्न आग्रह गरे।
“सरकार बन्दैन भन्थे, बन्यो विश्वासको मत पाउँदैन भन्थे, पायो। दसैँ देख्दैन भन्थे, दसैँ देखेन मात्र मनायो पनि। अब माघ–फागुन भन्दै छन्,” ओलीले भने, “कसैले भ्रम नराख्नुहोस्, यो सरकार ८४ को चुनावसम्म कायम रहन्छ।”
उनले आगामी २०८३ असारसम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट पारे।
अराजकता र संविधानको उल्लंघनको प्रवृत्ति बढेपछि कांग्रेस र एमालेको एकता आवश्यक भएको उनले प्रस्ट पारे।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया