प्रधानमन्त्रीले कुलमानलाई जंगबहादुरकै शैलीमा विद्युत जोड्न निर्देशन दिए: माओवादी

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ६ गते
प्रधानमन्त्रीले कुलमानलाई जंगबहादुरकै शैलीमा विद्युत जोड्न निर्देशन दिए: माओवादी

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई विद्युत् जोड्न ठाडो आदेश दिएको भन्दै संसद्मा आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा विद्युत् जोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् उनले सरकारले कुनै न कुनै रूपमा डेडिकेटेड तथा ट्रंकलाइमा चलखेल गरी छुट दिन खोजेको बताए ।

संसद सापकोटाले भने, कुनै चलखेल नगरी स्वतन्त्रतापूर्वक राज्यका अङ्गहरूले अध्ययन गरेर दिएका प्रतिवेदनको आधारमा डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता विवाद समाधान गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जङबहादुरको शैलीमा विद्युतको लाइन जोड्न आदेश दिएको देखिनछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स