माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सुर्खेतमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा आफुलाई अध्यक्ष भन्दा माथिको स्थानमा रहेको दाबी गरेका छन्। ७० वर्षको उमेरमा प्रचण्डले सधैं नेतृत्वमा बसिरहन नचाहेको र राम्रो टीम बनेपछि अर्को भूमिकामा जाने सोच रहेको बताए।
उनले नेतृत्व हस्तान्तरण आवश्यक नरहेको बताउँदै सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको बताए। साथै, प्रचण्डले पछिल्लो सरकार परिवर्तनको उद्देश्य भ्रष्टाचारीलाई जोगाउन भएको दाबी दाबी गरे। सरकार परिवर्तनको कुरा भ्रष्टाचारीलाई बचाउनकै लागि हो भन्ने कुरा पछिल्ला घटनाहरूले तथ्य साबित गरेको छ,’ उनले भने, ‘गलत गरे कसैलाई पनि छोड्दैनौँ, यो विद्रोह र धम्की होइन, हाम्रो एजेन्डा हो।’
प्रचण्डले पार्टी फुटको हल्लालाई गलत प्रचारको रूपमा खारेज गर्दै पार्टीभित्रका साना मसिना विवादहरू समाधान भइसकेको बताए। कार्यक्रममा उप-महासचिवद्वय जनार्दन शर्मा र शक्ति बस्नेत लगायतका नेताहरूको पनि उपस्थिति थियो।















प्रतिकृया