नेपाल राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिएका १ हजारर २४२ जना आवेदकको कागजात अपुग रहेको जनाएको छ ।अनलाईनमार्फत् दरखास्त फाराम भरेका आवेदकहरूको अपुग कागजात पेश गर्ने तथा विवरण असोज १० गतेभित्र सच्याउन राष्ट्र बैंकले आग्रह गरेको छ ।
विवरण गलत हुनेमा सहायक निर्देशक पदका ३३५ जना, सहायक प्रशासन पदका ६६३ जना र सहायक सूचना प्रविधि पदका २२४ जना रहेको राष्ट्र बैंकले जनाएको छ ।
उल्लिखित मितिभित्र आवश्यक कागजात नपेश भएमा आवेदन फाराम स्वतः अस्वीकृत हुने जनाइएको छ। नेपाल राष्ट्र बैंकले सहायक निर्देशक (प्रशासन), सहायक (प्रशासन), र सहायक (सूचना प्रविधि) पदका लागि खुला प्रतियोगितात्मक परीक्षाद्वारा विज्ञापन गरिएका पदहरूमा आवेदन दिएका १२४२ आवेदकहरूको अनलाईन दरखास्त फाराममा कागजात अपुग भएको जनाएको छ ।














![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया