instainsta

धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री सुरु, कति पर्छ मूल्य ? 

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १२ गते
धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री सुरु, कति पर्छ मूल्य ? 
AdvertisementAds

धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री सुरु गरेको छ । बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित सिक्का बिक्री सुरु गरेको हो।

बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालिनयन, गजलक्ष्मी र गाई मेडालियनको दर २२ सय रुपैयाँ तोकेको छ भने गाई मेडालियन २५ ग्रामको मूल्य ५५ सय रुपैयाँ तोकिएको नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले जनाएको छ ।

सुनको असर्फि भने मंगलबार एकदिन मात्रै बिक्री गरिनेछ। सुनको असर्फि नागरिकताका आधारमा एक व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिएर बिक्री गरिने जनाएको छ। बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का बिक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स