दुई दर्जन बढी निर्माण व्यवसायीको लाइसेन्स एकैपटक खारेज

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २० गते
दुई दर्जन बढी निर्माण व्यवसायीको लाइसेन्स एकैपटक खारेज
AdvertisementAds

सरकारले देशभरिका विभिन्न २३ निर्माण व्यवसायीहरूको इजाजतपत्र (लाइसेन्स) एकैपटक खारेज गरेको छ ।

सार्वजनिक निर्माण कार्य प्रायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका निर्माण व्यवसायीले निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपधारा ३ बमोजिम आर्थिक वर्ष २०८०/०८१ का लागि २०८० चैत मसान्तसम्म इजाजतपत्र नवीकरण नगरेपछि उनीहरूको इजाजतपत्र स्वतः खारेज गरिएको हो ।

लाइसेन्स खारेज हुनेमा फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि, हिमालयन इन्फ्रास्ट्रक्चर कम्पनी, भूमि इन्फ्रास्ट्रक्चर प्रालि र मदन कन्स्ट्रक्सन, असन बालकुमारी कन्स्ट्रक्सन, ढोरफिर्दी निर्माण सेवा, द राइजिङ कन्स्ट्रक्सन, सिरोहिया कन्स्ट्रक्सन र त्रिशूल निर्माण सेवा छन्।

त्यस्तै, श्रीजंगा निर्माण सेवा, घण्टेश्वर निर्माण सेवा, नौला मालिका निर्माण सेवा, ठोसे केआर निर्माण सेवा, एभ्रिथिङ सोलुसन कन्स्ट्रक्सन, रुपाली कन्स्ट्रक्सन, रुद्रकुमार कक्षपति निर्माण सेवा र ई–मरिण ठाकुर निर्माण सेवा, विकन कम्पनी, आर कोमल कन्स्ट्रक्सन, अमन कन्स्ट्रक्सन, पवित्र मल्टिपल कन्स्ट्रक्सन र फलोरिडा कन्स्ट्रक्सनको लाइसेन्स समेत रद्द भएको छ ।

#Bajarkochirfar   #bazarkochirfar

AdvertisementAds

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स