दसैं तिहारमा बसका लागी टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ६ गते
दसैं तिहारमा बसका लागी टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने

आसन्न दसैं र तिहारका लागि असोज १२ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी यो निर्णय गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले व्यवसायीका मागबारे सात बुँदे निर्णय पनि गरेको छ। बैठकले सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गर्न निर्देशन दिएको छ।

बीपी राजमार्गको सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्री गाडी रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ। विभागले यस कार्यको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय गरेको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात मन्त्रालय र गृह मन्त्रालयमा छलफल भएको जानकारी दिए। उनले एक-दुई दिनमा यातायात व्यवस्था विभागसँग बैठक गरेर अग्रिम टिकट खुलाउने प्रक्रिया अघि बढाइने बताए। साथै, सवारीसाधनको यान्त्रिक परीक्षण गरेर गन्तव्यमा सहज व्यवस्थापन गर्ने योजना पनि रहेको छ। वैज्ञानिक भाडा समायोजन तीन वर्षदेखि नभएको हुँदा छठ पर्वपछि यसमा निर्णय गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स